२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

जानकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पौडेल

सत्यपाटीसत्यपाटी । बाँके । २०८० असोज ७ गते आइतबार

बाँकेको जानकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा शाखा अधिकृत दिलबहादुर पौडेलको सरुवा भएको छ ।

मुगुको सोरु गाउँपालिकामा कार्यरत पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेपछि आईतबारदेखि जानकी गाउँपालिकामा हाजिर भएका छन् ।

बाँकेको खजुरा गाउँपालिका लगायत विभिन्न स्थानीय तह र गृह मन्त्रालयमा काम गरेको अनुभव भएका पौडललाई निजामती प्रशासनमा अव्वल प्रशासकको रुपमा चिनिन्छ ।

उनले जनप्रतिनिधी, कर्मचारी र आम स्थानीयबासिन्दाको साथ र सहयोगमा गाउँपालिकामा काम गर्ने बताए ।

प्रकाशित मिति : २०८० असोज ७ गते आइतबार