सूचनाको शक्ति - The Power Of Information

        

क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको सुनुवाई आज पनि स्थगित

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आइतबार हुने भनिएको सुनुवाई स्थगित भएको छ ।

काठमाडौं जिल्ला अदालतमा यही असोज १ गते पनि मुद्दाको सुनुवाई स्थगित गरी आइतबारका लागि पेशी तोकिएको थियो । तर, यही बीचमा न्याय परिषदले न्यायाधीशहरुको बढुवा तथा सरुवा गरेकाले सुनुवाई प्रभावित भएको हो ।

यसअघि पनि उक्त मुद्दामा बारम्बार पेशी तोकिने र सुनुवाई नहुने क्रम चल्दै आएको थियो ।

आइतबारका लागि मुद्दाको पेशी तोकिएका कारण चीनको ह्याङचउमा भईरहेको एशियाली खेलकूदमा सहभागी हुन जाने टोलीको विदाई कार्यक्रममा सन्दीप गएका थिएनन् ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतवार ०७:४४

लोकप्रिय