सूचनाको शक्ति - The Power Of Information

        

चिनीको मूल्य प्रतिकेजी १५० रुपैयाँसम्म पुग्यो

नेपालीको ठुला चाडपर्व दसैँ, तिहार नजिकिँदै गर्दा चिनीको भाउ महँगो हुुनुु नौलो होइन तर यो पटक त चिनी प्रतिकेजी १५० रुपैयाँसम्म पुुगेको छ । त्यो पनि सहज रूपमा सबै पसलमा पाइँदैन ।

 एक महिनाअगाडि मात्रै प्रतिकेजी १०० रुपैयाँमा कारोबार भएको चिनी अहिले बढेर १५० रुपैयाँसम्म पुुगेको हो । नेपालीको  ठुला  चाडपर्व  दसैँ,  तिहार  र  छठमा  जुुन  बेला  चिनीको  बढी  खपत  हुुन्छ  त्यो  बेलामा  सीमित  व्यापारीले  बजार  नियन्त्रणमा  लिई  चिनीको  कृत्रिम  अभाव  सिर्जना  गरी  मूल्यमा  कालोबजारी हुँदासमेत सरकारका जिम्मेवार निकाय कहाँ छन् ? आमउपभोक्ता प्रश्न गरिरहेका छन् ।

 उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले सरकारका कारण नेपाली उपभोक्ता महँगीको मारमा परेको बताए । त्यसो त महर्जन अध्यक्ष रहेकोराष्ट्रिय उपभोक्ता मञ्चले तीन महिनाअगाडि नै अनुुदानको चिनी खरिद गरी सरकारको मातहतमा रहेका खाद्य, व्यवस्था  तथा  व्यापार  कम्पनी  र  साल्ट  टे«डिङ  कर्पोरेसनमार्फत  सर्वसाधारण  उपभोक्तालाई  बिक्री  गर्ने  व्यवस्था  गर्न  सरकारसँग  माग  गरेको  थियो  ।

हाल चिनीमा भएको कालोबजारी नियन्त्रणका लागि सरकारले हस्तक्षेप नगरेसम्म बजारमा भाउ नियन्त्रण नहुुने उनको भनाइ छ ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार १०:०९

लोकप्रिय