२०८३ जेठ ७ , बिहीबार 21, May 2026, Thursday

बझाङमा एक जनाको हत्या

सत्यपाटीसत्यपाटी । बझाङ । २०८० असोज ६ गते शनिबार

बझाङमा एक जनाको खुकुरी प्रहार गरी हत्या भएको छ ।

छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार बिजुली शुक्रबार साँझ साढे ७ बजे हत्या गरी फरार भएका छन् ।  ‘सामान्य विवाद हुँदा बिजुलीले जैलुको घर आँगनमै गएर खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर आएको छ ।

हामी घटनास्थलमा गइरहेका छौं’, चौधरीले भने । उनका अनुसार आरोपीको खोजी कार्य भइरहेको छ ।

प्रकाशित मिति : २०८० असोज ६ गते शनिबार