२०८२ चैत २ , सोमबार 16, March 2026, Monday

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति, आन्दोलन फिर्ता

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० असोज ५ गते शुक्रबार

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ ।

गृह मन्त्रालय शुक्रबार बसेको बैठकमा सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

सरकार र शिक्षकहरुबीच सहमति भएसँगै आन्दोलनरत शिक्षकहरुले आन्दोलन फिर्ता लिएको छ । सात बुँदे सहमति गरेको हो ।

देशभरका शिक्षकहरु बुधबारदेखि राजधानीमा आन्दोलन गर्दै आएका थिए ।

प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रबार