सूचनाको शक्ति - The Power Of Information

        

अन्जु र पदमको `बाटो घुमाउरो´ सार्वजनिक (भिडियो)

गायिका अन्जु पन्त र गायक पदम राईको आवाजमा `बाटो घुमाउरो बाटो उकालो´ रिलिज गरिएको छ ।

केही समय अघि मात्र रिलिज गरिएको गीतमा दिपक शर्माको शब्द, सङ्गीत र एरेन्ज समावेश छ ।

गम्भीर बिस्टको कन्सेप्ट , कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा एलिशा राई , पदम राई, सरोज प्रजा , बिना राउत,सुरेश देवल, पृन्सिका श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

नवराज उप्रेतीको छाँयाकन रहेको भिडियोलाई प्रवीण भाटले सम्पादन र रेनिश फागोले कलरिङ गरेका हुन् । सार्वजनिक भिडियोलाई  पदमकै अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार १४:२१

लोकप्रिय