२०८३ वैशाख ११ , शुक्रबार 25, April 2026, Saturday

सुनको भाउ आज पनि घट्यो, चाँदीको बढ्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० असोज ५ गते शुक्रबार

सुनको भाउ आज पनि घटेको छ । हिजो तोलामा तीन सय रुपैयाँले घटेको सुनको भाउ आज चार सय रुपैयाँले घटेको हो ।

सुन आज तोलामा एक लाख १२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज पनि बढेको छ । हिजो तोलामा ५ रुपैयाँले बढेको चाँदीको भाउ आज १५ रुपैयाँले बढेर तोलामा एक हजार चार सय २५ रुपैयाँमा पुगेको छ ।

प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रबार