सूचनाको शक्ति - The Power Of Information

        

आमा छोरीको हत्या आरोपमा पूर्व प्रेमी पक्राउ

भदौ ३० गते सल्यानको त्रिवेणी गाउँपालिका २ झालेढुंगामा २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतु मृत भेटिए ।

शरीर जलेका आमा छोरीको सुतेको बेला ग्यास लिक भइ आगलागीका कारण मृत्यु भएको आशंका थियो । तर घटना अनुसन्धान गर्दै जाँदा आमा छोरीको मृत्यु आगलागीबाट नभई हत्या भएको खुलेको प्रहरीले दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानले रेवती र उनको छोरीको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिद्ध कुमाख गाउँपालिका २ खानीगाउँका २९ वर्षीय कर्णबहादुर बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी नविन कार्कीले बताए ।

प्रहरीका अनुसार हत्याको आरोपमा पक्राउ परेका कर्णबहादुर रेवतीका पूर्व प्रेमी हुन् ।

 

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार १४:१३

लोकप्रिय