सूचनाको शक्ति - The Power Of Information

        

सुधार गृह तोडफोड गरि भागेका ३० जना प्रहरी नियन्त्रणमा

बाँकेको एक बाल सुधार गृहबाट भागेका ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा थुनुवा दुई पक्षबीच झडप र तोडफोड भएको थियो ।

बाल सुधार गृह तोडफोड गरी भागेका ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले बताए । उनका अनुसार उनीहरूलाई गएराति नै नियन्त्रणमा लिएर बाल सुधार गृहमै पठाइएको छ ।

दुई समूहको झडपले बाल सुधार गृह रातभर तनावग्रस्त बनेको थियो । झडपमा ११ जना घाइते भएका छन् भने एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । बालगृहमा रहेका २५४ जना थुनुवा रहेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार १२:४१

लोकप्रिय