बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा तोडफोड भएको छ । सुधार गृहमा राखिएकाहरुले नै गएराति तोडफोड गरेका हुन् ।
उनीहरुले सुधार गृहका झ्यालका सिसा फुटाउँदै सुरक्षामा खटिएका प्रहरीमाथि पनि ढुंगा र इँटा प्रहार गरेपछि अवस्था तनावपूर्ण बनेको स्थानीयले बताएका छन् ।
स्थानीयवासीका अनुसार सुधार गृहभित्र रहेकाहरुले अहिले पनि नाराबाजी गरिरहेका छन् । त्यसको कारण भने खुलेको छैन । अवस्था सामान्य बनाउने प्रयास भइरहेको बाँके प्रहरीले जनाएको छ ।
सुधार गृहमा हाल करिब ३ सय जना छन् । सो बाल सुधार गृहबाट २०७९ साल पुस १४ गते बिहान झ्यालको भेन्टिलेसन तोडेर भागेका थिए । माघ अन्तिम साता सोही सुधार गृहमा आगजनीसमेत भएको थियो ।
यसअघि पर्साको वीरगञ्ज र झक्तपुरमा रहेका बाल सुधार गृहमा पनि तोडफोडका कारण स्थिति तनावपूर्ण बनेको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके