सूचनाको शक्ति - The Power Of Information

        

एसियन गेम्सको महिला फुटबलमा आज नेपालले डेब्यु गर्दै

एसियन गेम्सको महिला फुटबलमा शुक्रबार नेपालले डेब्यु गर्दैछ ।

पहिलो पटक एसियन गेम्स खेल्न लागेको नेपालको महिला फुटबल टोलीले समुहको पहिलो खेलमा शुक्रबार भियतनामको सामना गर्नेछ ।

नेपाल र भियतनामबिचको खेल चिनको वेङ्झु ओलम्पिक स्पोर्ट्स सेन्टरमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ ।

समुह ‘डि’ मा नेपाल र भियतनामसँगै जापान र बंगलादेश पनि रहेका छन् । जापान महिला विश्वकपको पूर्व च्याम्पियन हो भने भियतनामले पनि अष्ट्रेलिया र न्युजिल्याण्डमा हालै सम्पन्न महिला विश्वकप खेलेको थियो ।

बंगलादेश पनि साफ महिला च्याम्पियनसिप विजेता टोली हो ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार ०८:१८

लोकप्रिय