२०८३ वैशाख ११ , शुक्रबार 25, April 2026, Saturday

देशभरका सामुदायिक विद्यालयमा आज पनि पठनपाठन नहुने

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० असोज ५ गते शुक्रबार

देशभरका सामुदायिक विद्यालयहरुमा आज पनि पठनपाठन नहुने भएको छ ।

गत बुधबारदेखि शिक्षकहरु विद्यालय बन्द गरेर राजधानी केन्द्रीत आन्दोलनमा उत्रिएपछि बिहीबार देशभरका विद्यालयहरुमा पढाई ठप्प रह्यो ।

शिक्षक आन्दोलन शुक्रबार पनि जारी रहने भएकाले पठनपाठन आज पनि नहुने पक्का छ । बिहीबार काठमाडौं उपत्यकामै पनि सामुदायिक विद्यालयमा पठनपाठन हुन सकेन ।

काठमाडौं महानगरपालिकाले विद्यालय बन्द गरेमा कारबाही गर्ने चेतावनी दिँदा दिंदै पनि काठमाडौंका सामुदायिक विद्यालयमा पढाई नभएको हो ।

विद्यार्थीहरुलाई विद्यालय कर्मचारीहरुले कक्षा नहुने भन्दै फर्काएका थिए । विद्यालय बन्द गरे काबारहीको चेतावनी दिएको काठमाडौं महानगरपालिकाले भने महानगरभित्रका सवै सामुदायिक विद्यालयहरुमा नगर प्रहरी खटाएको थियो ।

पठनपाठन बन्द नगर्न गरेको आग्रहको शिक्षकहरुले बेवास्ता गरेपछि विद्यालयहरुको अवस्था बुझ्न महानगरभित्रका ८९ वटै विद्यालयमा नगर प्रहरी पठाइएको हो ।

प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रबार