सरकार र संसद्मा दर्ता विद्यालय शिक्षा विधेयकको विरोधमा उत्रिएका शिक्षकहरुबीच भएको छलफल विनानिष्कर्ष सकिएको छ । मंगलबार वार्तामा बस्न अस्वीकार गरेर बुधबार बृहत आन्दोलन चर्काएका शिक्षकहरू आज बिहीबार भने सरकारसँग छलफलमा बसेका थिए ।
नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरसहित विभिन्न दलका शिक्षक संगठनका पदाधिकारीसहितले सिंहदरबारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री अशोक राईसँग छलफल गरेतापनि वार्ता भने निष्कर्षविहीन भएको हो ।
कसरी शान्ति सुरक्षा कायम गर्ने र कुन रुटमा आन्दोलन गर्ने भन्ने विषयमा छलफल गरिएको शिक्षक संघका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । छलफलमा गृहमन्त्री श्रेष्ठले शान्ति सुरक्षा कायम गरेर अघि बढ्न आग्रह गरेको उनले जानकारी दिए । उनले आन्दोलन बानेश्वरबाट माइतीघरसम्म हुने बताए ।
संसद्मा दर्ता शिक्षा विधेयकप्रति महासंघले विभिन्न १८ बुँदे माग र असहमति जनाएको छ । सरुवाबढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्ने सम्बन्धी माग छन् । माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ । देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं