सूचनाको शक्ति - The Power Of Information

        

आक्रोशित युवक हँसिया बोकेर प्रअको कोठामा छिरेपछि…

सुर्खेतको चौकुने गाउँपालिका–१ बडासैनको सुदर्शन प्राथमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई हँसिया लिएर काट्छु भन्दै धम्की दिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

गएको भदौ ३१ गते एक औपचारिक कार्यक्रममा प्रधानाध्यापक हिरादेवी भण्डारी र समिति अध्यक्ष उदय साउदलाई काट्ने धम्की दिने २२ वर्षीय छवि साउदलाई प्रहरीले समातेको हो ।

शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा ती युवकले व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र शिक्षकसँग विवाद गरेका थिए । लगत्तै घर गएका युवक केही समयपछि हँसिया लिएर आएका थिए ।

उनी हँसिया लिएरै प्रधानाध्यापकको कोठामा प्रवेश गरेका थिए । प्रधानाध्यापक हिरादेवी भण्डारीले ती युवकबाट हँसिया खोस्ने प्रयास गरेकी थिइन् । त्यस क्रममा युवकले भण्डारीमाथि हातपात समेत गरेका थिए ।

घटनापछि इलाका प्रहरी कार्यालय बाबियाचौरले उनलाई नियन्त्रणमा लिएको थियो। उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार १०:४१

लोकप्रिय