सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

बागमतीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना

अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले हाल देशका अधिकांश भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखामा अनुसार बङ्गालको खाडीको उत्तर पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पनि नेपालमा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशहरूको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशहरूको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार ०७:१५

लोकप्रिय