सूचनाको शक्ति - The Power Of Information

        

रनियापुरबाट गोरुको मासुसहित एक जना पक्राउ

 बाँकेको खजुरामा १ क्विन्टल बढी गोरुको मासुसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । खजुरा गाँउपालिका ८ रनियापुरबाट १ क्विन्टल बढी गोरुको मासुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनौलीको टोलीले बुधवार बिहान गोरुको टाउको सहित मासु, मासु ढुवानी गर्ने सवारी साधन र एकजना मासु कारोबार गर्ने ब्यक्तलाई पक्राउ गरेको हो ।

गाई काट्ने कार्यमा संलग्न ब्यक्ति भने प्रहरी पुग्नासाथ फरार भएको इलाका प्रहरी कार्यालय खजुराका प्रहरी निरीक्षक अशोक मल्लले बताए । उनले थप अनुसन्धान जारी रहेको भन्दै पक्राउ परेका ब्यक्तिको नाम खुलाउन मानेनन् ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार १७:११

लोकप्रिय