२०८२ मंसिर २९ , सोमबार 15, December 2025, Monday

टिकापुर घटनामा सम्लग्न ४ जना आज रिहा हुँदै

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० असोज ३ गते बुधबार

 टिकापुर घटनामा संलग्न भएको आरोपमा कारागारमा रहेका ४ जना आज रिहा हुँदैछन् ।

संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले कैलाली जिल्ला कारागारमा रहेका ३ सहित सो घटनाका ४ जनालाई रिहा गरेका हुन् ।

२०७४ अनुसार बाँकी कैद माफी गरिदिएपछि कैलाली कारागारमा रहेका ३ र पोखरा सुधार गृहमा रहेका नाबालक एक जना पनि आज कैद मुक्त हुँदैछन् ।

वीरबहादुर चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी रिहा हुन लागेका हुन् । घटनाका मुख्य दोषी ठहर भएका रेशमलाल चौधरी जेलमुक्त भइसकेका छन् ।

प्रकाशित मिति : २०८० असोज ३ गते बुधबार