युरोपियन च्याम्पियन्स लिग फुटबलमा शीर्ष क्लबहरु बार्सिलोना, म्यान्चेस्टर सिटी र पेरिस सेन्ट जर्मेन(पिएसजी) ले शानदार सुरुवात गरेका छन् ।
गएरातिबाट सुरु भएको नयाँ सिजनको च्याम्पियन्स लिगको पहिलो खेलमा साविक विजेता म्यान्चेस्टर सिटीले सर्वियाको रेड स्टार बेलग्रेडलाई ३–१ गोल अन्तरले पराजित गर्यो ।
आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन जुलियन अल्भारेजले एक गोल गर्दा रोड्रीले एक गोल थपे ।
रेड स्टारका ओस्मान बुकारीले पहिलो गोल गरेका थिए । यही समुहको अर्को खेलमा जर्मनीको आर.बी लेप्जीगले स्विटजरल्याण्डको योङ ब्वाइजलाई ३–१ गोल अन्तरले पराजित गर्यो ।
उता समूह ‘ई’ को खेलमा नेदरल्याण्ड्सको फेयनुर्डले स्कटल्याण्डको सेल्टीकलाई २–० ले हराउँदा इटालीको लाजियो र स्पेनको एट्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेले ।
समूह ‘एफ’ मा फ्रान्सको पिएसजीले जर्मनीको बोरुसिया डर्टमण्डलाई २–० गोल अन्तरले पराजित गर्दा इटालीको एसी मिलान र इंग्ल्याण्डको न्युकासल युनाइटेडले गोलरहित बराबरीमा चित्त बुझाए ।
यसैगरि समूह ‘एच’ मा स्पेनको बार्सिलोनाले बेल्जीयमको रोयल एन्टरेपलाई ५–० ले पाखा लगाउँदा पोर्चुगलको एफसी पोर्टोले युक्रेनको शख्तर डोनेट्स्कमाथि ३–१ को जित निकाल्यो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ