सूचनाको शक्ति - The Power Of Information

        

फिल्म `वानर सेना´ को ट्रेलर सार्वजनिक (भिडियो)

फिल्म ‘वानर सेना’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । आगामी असोज १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको ट्रेलर सार्वजनिक गर्दै फिल्मको बारे बताइएको हो ।

सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकारहरूलाई प्रस्तुत गरिएको छ  ।  अर्पण गिरी (अरमान जङ्ग)को डेव्यु निर्देशनमा निर्माण भएको फिल्म गिरी ग्राण्ड फिल्मस्को प्रस्तुतिमा निर्माण गरिएको हो।फिल्मको कथा, पटकथा तथा संवाद पनि स्वयं निर्देशक गिरीले नै लेखेका हुन् ।

युवराज गिरीको लगानी रहेको फिल्मलाई करण श्रेष्ठ क्रेजीको रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दै छन् । फिल्ममा विनोद सापकोटाको छायांकन, रबी केसीको मेकअप, जोन तामाङ र निर्देशक अर्पण गिरीको सङ्गीत, निर्देशक गिरीको गीत लेखन रहेको छ ।

फिल्ममा  अर्पण गिरी (अरमान जङ्ग), आरजु प्रसाईँ, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला विष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, विशाल बराल, बाल कलाकार मास्टर अमित पौडेल र विशेष भूमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय गरेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार ०८:२६

लोकप्रिय