सूचनाको शक्ति - The Power Of Information

        

सर्पदंशबाट बर्दियाका पाँच वर्षीय बालकको मृत्यु

 सर्पदंशबाट बासगढी नगरपालिका–३ उतरभकारी बर्दियाका ५ वर्षीय बालक जय थारुको मृत्यु भएको छ ।

गोमन सर्पको टोकाइबाट ती बालकको मंगलवार मध्यान्ह मृत्यु भएको हो । जयलाई घरको आगनमा गोमन सर्पले डसेको थियो । अचेत अवस्थामा भेरी अस्पताल पुर्याइएका ती बालकलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

‘निकै विषालु गोमन सर्पले ती बालकको डसेको रहिछ भेरी अस्पतालका एनेस्थेसियोलोजिष्ट प्रमुख डा.कृष्ण आचार्यले भने–‘अस्पतालमा ल्याउँदा डेथ भइसकेको थियो ।’

सर्पदंशबाट उपचारकै क्रममा भेरी अस्पतालमा चार जनाको मृत्यु भएको छ । बैशाखदेखि भदौं महिनासम्म उपचारकाक्रममा चार जनाको मृत्यु भएको अस्पतालका एनेस्थेसियोलोजिष्ट प्रमुख डा. आचार्यले जानकारी दिए ।

त्यसैगरी उपचारका लागि अस्पताल पुर्याइएका मध्येबाटोमै पाँच जनाको मृत्यु भएको छ । सर्पदंशका ती बिरामीलाई मृत्यु भइसकेपछि मात्र भेरी अस्पतालमा पुर्याइएको थियो ।

पाँच महिनाको अवधिमा भेरी अस्पतालमा ४ सय २० जना सर्पर्दशका बिरामीको उपचार गरिएको छ । अहिले दुई जना सर्पदंशका बिरामी उपचारका लागि भर्नारत छन् ।

तीमध्ये एक जना वार्ड र अर्का आइसीयूमा उपचारत रहेको डा. आचार्यले बताए ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलवार १६:०२

लोकप्रिय