सूचनाको शक्ति - The Power Of Information

        

फिल्म ‘ह्याप्पी डिभोर्स’ बन्ने , केकी र रिमा मुख्य भुमिकामा

नायिकाद्दय केकी अधिकारी र रिमा विश्वकर्मालाई लिएर फिल्म ‘ह्याप्पी डिभोर्स’ बन्ने भएको छ ।

अभिनेता विमलेश अधिकारीको डेब्यु निर्देशन रहने फिल्ममा विमलेश स्वयंको कन्सेप्ट र कथा लेखन रहेको छ । साथै, मुख्य भूमिकामा पनि उनी स्वयं देखिनेछन् ।सेभेन कलर्सको निर्माण रहने फिल्मको घोषणा पनि भैसकेको छ  ।

विमलेश पछिल्लो पटक २०७३ सालमा प्रदर्शनमा आएको फिल्म ‘जंगबहादुरको कोट’मा देखिएका थिए । त्यसपछि अमेरिकालाई कर्मथलो बनाएका उनले ‘ह्याप्पी डिभोर्स’बाट अभिनयमा समेत कमब्याक गर्न लागेका हुन् ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलवार १३:२६