२०८२ पुस २ , बुधबार 17, December 2025, Wednesday

सुनको भाउ बढेर तोलाकाे १ लाख १३ हजार रुपैयाँ पुग्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० असोज २ गते मंगलबार

सुनको भाउ बढेर आज तोलाको एक लाख १३ हजार रुपैयाँमा पुगेको छ । आजको भाउ हिजोको भन्दा तोलामा ५ सय रुपैयाँले धेरै हो ।

हिजो सुनको भाउ तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि बढेको छ ।

तोलामा ५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८० असोज २ गते मंगलबार