२०८३ वैशाख ११ , शुक्रबार 25, April 2026, Saturday

तीजकाे दिन रक्सीले मातेर घर आएका छाेराले गरे बुबाकाे हत्या

सत्यपाटीसत्यपाटी । बाँके । २०८० असोज २ गते मंगलबार

कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ८ बोडगाउँमा छोराले बुबाको हत्या गरेका छन् ।

हिजाे साँझ मादक पदार्थ सेवन गरी घर आएका अन्दाजी २५ वर्षका छोरा लुरे भनिने भुवन दर्जीले ६२ वर्षीय बुबा बलबहादुर दर्जीलाई दाउराले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

बुबाछाेराबीच पटकपटक झगडा हुने गरेको थियाे । दाउरा प्रहारबाट गम्भीर घाइते भएका बलबहादुरलाई उपचारका लागि अस्पताल पुर्‍याइए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।

हत्या अभियाेगमा भुवनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे छ ।

प्रकाशित मिति : २०८० असोज २ गते मंगलबार