२०८३ जेठ ७ , बिहीबार 21, May 2026, Thursday

९६२ जनालाई विद्या भूषणबाट विभूषित गरिने (सूचीसहित)

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० असोज २ गते मंगलबार

सरकारले राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा ९६२ जनालाई विभिन्न विभूषण प्रदान गरिने भएको छ।

आज राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभूषण पाउनेहरूको नामावली सार्वजनिक गरेको हो।

त्यसरी पाउनेमा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिहरू रहेका छन्। आजको कार्यक्रममा उनीहरूको नाम मात्र घोषणा गरिनेछ। पछि उपयुक्त समयमा प्रदान गरिने मन्त्रालयले जनाएको छ।

बजेट अभावका कारण मन्त्रालयले विभूषण घोषणाकै बेला प्रदान गर्न नसकिने जनाएको हो।

प्रकाशित मिति : २०८० असोज २ गते मंगलबार