सूचनाको शक्ति - The Power Of Information

        

धादिङको नौबिसे–मलेखु सडकखण्ड ४ घण्टा बन्द हुने

 पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड आगामी बिहिबारदेखि रातको समयमा बन्द हुने भएको छ ।

सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएकाले असोज ४ देखि २० गतेसम्म राति ११ बजेदेखि विहान ३ बजेसम्म चार घण्टा सवारी आवागमन बन्द हुने धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिुनभएको छ ।

हिजो बसेको सरोकारवालाहरूको बैठकले उक्त समयमा एम्बुलेन्स र सुरक्षाकर्मीका सवारीबाहेक अन्य सवारीसाधन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो । वैठकले दिउँसोको समयमा यात्रा गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलवार ०९:०७

लोकप्रिय