सूचनाको शक्ति - The Power Of Information

        

इरानको कारागारका रहेका ५ अमेरिकी बन्दी रिहा

इरानको कारागारमा रहेका पाँच जना अमेरिकी बन्दी रिहा भएका छन् ।

कतारको मध्यस्थतामा भएको वार्ता सफल भएपछि बन्दीहरु रिहा भएका हुन् । उनीहरु तेहरानबाट कतारको राजधानी दोहा हुँदै अमेरिका फर्किएका छन् ।

अमेरिकाको प्रतिबन्धपछि दक्षिण कोरीयाली बैंकमा रोकिएको इरानको झण्डै ६ अर्व अमेरिकी डलर फुकुवा गर्न अमेरिका सहमत भएपछि इरानले अमेरिकी बन्दीहरु रिहा गरेको हो । दक्षिण कोरियाले उक्त रकम दोहाको बैंकमा रहेको इरान सरकारको खातामा पठाएको हो । रिहा हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।

उनीहरु चार्टर्ड बिमान मार्फत अमेरिका पुगेका छन् । रिहा हुनेमा इरानको तेहरानस्थित कुख्यात इभिन कारागारमा झण्डै आठ बर्ष बिताएका ५१ बर्षिय ब्यापारी सियामक नमाजी, ५९ बर्षिय ब्यावसायी इमाद शर्गी, ६७ बर्षिय पर्यावरणबिद मोराद तहबाजलगायत छन् । अमेरिकाले पनि अमेरिकाको कारागारमा रहेका पाँच जना इरानीलाई रिहा गर्ने सम्झौता पनि भएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलवार ०८:५३

लोकप्रिय