सूचनाको शक्ति - The Power Of Information

        

दालचिनी खाँदाका ११ फाइदा, तीन बेफाइदा

तेजपत्ताको बोक्रालाई दालचिनी भनिन्छ । दालचिनी र तेजपातको स्वाद सुवासिलो र मीठो हुन्छ । यसलाई अधिकतम मसलाको रुपमा प्रयोग गरिन्छ । दालचिनी श्रीलंकाबाट अन्यत्र फैलिएको मानिन्छ ।

इसापूर्व पाँचौँ शताब्दीतिर नै दालचिनी समुद्रको बाटो हुँदै मिश्रमा पुगिसकेको मान्यता छ । दालचिनीमा भएको पिरो पिरो स्वादमा औषधीय गुण पनि रहन्छ । दालचिनी र अलैँची मिलाएर प्रयोग गर्नाले भोजन पचाउन र पोषणमा मद्दत गर्दछ ।

दालचिनीको प्रयोगले कुन कुन समस्याको समाधान गर्छ ?

१. वाकवाक लाग्दा – एउटा सानो टुक्रा दालचिनी मुखमा राखेर चुसिरहने । खासगरी गर्भावस्थामा, मोटर चढेका बेला, गर्मी बढी हुँदा दालचिनी चुस्दा फाइदा हुन्छ ।

२. झाडापखाला लाग्दा – एक चम्चा जिराको धुलो, एक चम्चा अदुवाको धुलो र एक चम्चा दालचिनीको धुलो महमा मिसाएर लेदोजस्तो बनाएर दिनको तीन चोटी एक–एक चम्चा खाने ।

३. मुख गन्हाउँदा – दालचिनीलाई मसिना टुक्रा पारेर एक चम्चा पानीमा भिजाएर उमाल्ने र त्यस पानीले बारम्बार मुख कुल्ला गर्ने साथै मुखमा दालचिनी वा सुप राखेर चुसिरहने ।

४. कोलेस्ट्रोल कम गर्न – बिहान खालीपेटमा दालचिनी तातो पानीमा उमालेर खाँदा कोलस्टेरोल कम हुन्छ ।

५. मुटुरोगमा सहयोगी – मुटुलाई स्वस्थ राख्नका लागि दिनदिनै दालचिनी र मह सेवन गर्नु राम्रो हुन्छ ।

६. सुत्केरीको दूध बढाउन – आधा चम्चा दालचिनीको धुलो राखी एक कप दूधमा मिसाएर खाने ।

७. खोकी लाग्दा – आधा चिया चम्चा अदुवाको धुलो र एक चौथाइ चिया चम्चा दालचिनीको धुलो हालेर पानीमा पकाउने । पानी उमालेपछि कागती र मह पनि हालेर खाने । कागती र महले स्वाद बढाउनुका साथै चिसो हटाउन पनि मद्दत गर्छ ।

८. चिसो लागेर घाँटी दुख्दा – आधा चिया चम्चा दालचिनी र आधा चिया चम्चा मरिच पानीमा मिसाएर उमाल्ने र मह र कागती मिसाएर पिउने ।

९. मोटोपन घटाउँछ – एक गिलास पानीमा एक चम्चा दालचिनीको धुलो र मह उमालेर चियाको रुपमा दिनदिनै पिउँदा मोटोपन घटाउन मद्दत गर्छ ।

१०. दमका रोगीलाई लाभदायक – दमका रोगीहरुका लागि दालचिनीको प्रयो अत्यन्तै फाइदाजनक छ । यसको सेवनले स्मरणशक्ति बलियो हुन्छ ।

११. मधुमेहका लागि फाइदाजनक – मधुमेहका बिरामीका लागि दालचिनी निकै फाइदाजनक मानिन्छ । यसले इन्सुलिनको गतिविधिलाई उत्तेजित गरी शरीरमा इन्सुलिन प्रतिरोधलाई कम गर्दछ ।

दालचिनीको बेफाइदा

१) गर्भवती महिलाले दालचिनी खानु हुँदैन । यसको नियमित प्रयोगले पेटमा एसिडिटी बढेर पीडा हुनेगर्छ । समयभन्दा पहिला नै डेलिभरी हुने समस्या आउन सक्छ ।
२) कलेजोको समस्या भएका व्यक्तिले दालचिनीको प्रयोग गर्नुहुँदैन ।
३) रगत पाताले भएका वा रगत पातलो गर्ने औषधी सेवन गरिरहेकाहरुले यसको प्रयोग गर्नु हुँदैन ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलवार ०८:३२

लोकप्रिय