सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

भारी वर्षाको सम्भावना कम

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । जसका कारण भारी वर्षाको सम्भावना कम भएको छ ।

अहिले बिहान सुदूरपश्चिम प्रदेशका पहाडी भूभागसहित बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बदलीको अवस्था रहेको महाशाखाले नियमित बुलेटिन मार्फत जानकारी दिएको छ ।

अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले बताएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहने बताइएको छ ।

कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताइएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र देशका बाँकी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलवार ०७:३१

लोकप्रिय