सूचनाको शक्ति - The Power Of Information

        

१०३ प्रकारका एन्टीबायोटिक औषधि प्रयोगमा रोक

अब उपभोक्ताहरुले १०३ प्रकारका एन्टीबायोटिक औषधि प्रयोग गर्न नपाउने भएका छन् । औषधि व्यवस्था विभागले १०३ प्रकारका एन्टीबायोटिक औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले प्रयोग नगर्न भन्दै सिफासिर गरेका औषधिको प्रयोग अब नेपालमा पनि नगर्न विभागले निर्देशन दिएको हो ।

विभागले अब एन्टीबायोटिक प्रतिरोधका कारण बढ्दै गएको संक्रमण हुने दर, मृत्यु दर र आर्थिक असरलाई पनि प्रभावकारी रुपले कम गर्न राष्ट्रिय कार्ययोजना नै तयार पारी स्वीकृतको अन्तिम चरणमा रहेको बताएको छ ।

विभागले प्रतिवन्ध लगाएका १०३ औषधिहरुमा एमोक्ससीलिन, एम्पीसिलीन, एजिथ्रोमाईसीन, सेफालेक्सिन, मेट्रोनीडाजो ललगायतका औषधिहरु छन् ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार १७:४१

लोकप्रिय