एक सातामा कुखुरा मासु प्रतिकिलो २५ रूपैयाँले बढेको छ।
एक साता अघि प्रतिकिलो तीन सय ५० रूपैयाँमा बिक्री भएको कुखुराको मासु अहिले तीन सय ७५ रूपैयाँ पुगेको हो।
उत्पादनमा कमी आएपछि कुखुरा मासुको मूल्य बढेको कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए।
‘गर्मीले गर्दा उत्पादन घटेको छ,’ उनले भने, ‘त्यसले गर्दा मूल्य बढेको हो।’
चितवनलाई ‘पोल्ट्री हब’ मानिन्छ। त्यहाँ नै गर्मी बढेकाले कुखुराको उत्पादन घटेको छ।
उनका अनुसार आगामी दिनमा बजारको मागअनुसार मूल्य घटबढ हुनेछ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ