बाँकेमा पछिल्लो समय बालबालिकामा स्क्रबटाइफस र डेङ्गु रोग पनि देखिन थालेको छ । बालबालिकामा एन्फ्लुएन्जासँगै स्क्रबटाइफस र डेङ्गु रोग पनि पनि देखिन थालेको चिकित्सकले जनाएका छन् ।
भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डेले हाल आएर भेरी अस्पतालमा आउने बिरामीमा स्क्रबटाइफस र डेङ्गुका बिरामी बढ्न थालेको बताए ।
उनले भेरी अस्पतालमा आएका बालबालिकामा बढी स्क्रबटाइफस र डेङ्गु रोग देखिए पनि अन्य उमेर समूहका बिरामीहरूमा पनि सो रोग भेटिन थालेको बताए ।
यस्तै नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जका बालरोग विशेषज्ञ डा. रोमा बोहोराले अहिले अस्पतालमा उपचारका लागि आउने बालबालिकामा स्क्रबटाइफस र डेङ्ग सङ्क्रमण देखिन थालेको बताइन् ।
उनले स्क्रबटाइफससँगै डेङ्गु सङ्क्रमण पनि देखिन थालेकाले सामान्य ज्वरो र रुघाखोकीमा पनि समयमै बालबालिकाको परीक्षण आवश्यक भएको बताइन् ।
नेपालगञ्जका वरिष्ठ बालरोग विशेषज्ञ डा. सकिल अहमदले स्क्रबटाइफसको सङ्क्रमण भएमा बालबालिकालाई धेरै ज्वरो आउने, टाउको दुख्ने, पसिना धेरै आउने, छाला चिलाउने, आँखा रातो हुँदै जाने, निम्फोग्राफी सुन्निने जस्ता लक्षण देखा पर्ने बताए ।
उनले बिस्तारै खोकी लाग्ने, पेट दुख्ने, पखाला लाग्ने, श्वासप्रश्वासमा अवरोध आउनेजस्ता समस्या बढ्न थाल्ने हुँदा यस्ता लक्षण देखिएमा छिटोभन्दा छिटो चिकित्सकको परामर्श लिएर औषधी दिनु आवश्यक रहेको बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके