सूचनाको शक्ति - The Power Of Information

        

गैरीगाउँ हत्याकाण्ड : एकै व्यक्तिले गरेका थिए चारजनाको हत्या !

प्रहरीले गैरीगाउँ हत्याकाण्डका आरोपितलाई पक्राउ गरेको छ । शुक्रबार राति चार जनाको हत्या एकै व्यक्तिले गरेको निष्कर्षसहित प्रहरीले आरोपितलाई पक्राउ गरेको हो ।

गैरीगाउँको दिव्य समिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राईको हत्या भएको थियो ।

सीसीटीभी फुटेजका आधारमा आज पक्राउ परेका एकै व्यक्तिले नै चारैजनाको हत्या गरेको निश्कर्ष प्रहरीको भए पनि हत्यामा संलग्नताको आरोपमा पक्राउ परेका व्यक्तिको बारेमा भने केही खुलाएको छैन । प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेकोले विवरण नखुलाएको जनाएको छ ।

हत्यामा प्रयोग भएको हतियार यसअघि नै प्रहरीले बरामद गरिसकेको थियो। घटना बारे जानकारी दिन प्रहरी कार्यालय पुगेका मोरङका दीपेन्द्र राईलाई प्रहरीले नियन्णमा लिएर सोधपुछ गरेको हो ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतवार १६:००

लोकप्रिय