सूचनाको शक्ति - The Power Of Information

        

महांकाल गाउँपालिकालाई चाहियो अधिकृतदेखि सहायकसम्मका कर्मचारी

दक्षिण ललितपुरको महांकाल गाउँपालिकाले सूचना प्रविधि अधिकृतदेखि फिल्ड सहायकसम्मका ५ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।

पालिकाले आज एक सूचना जारी गर्दै सूचना प्रविधि विषयमा स्नातक पास गरेको व्यक्तिलाई सूचना प्रविधि अधिकृतका लागि निवेदन दिन भनेको छ । १ हजार रुपैयाँ तिरेर गाउँपालिका कार्यालय पुगेर फाराम भरेपछि लिखित र अन्तर्वार्ता विधिबाट यो पदमा जनशक्ति छानिने पालिकाले जनाएको छ ।

पालिकाले अधिकृत स्तरको भेटेरिनरी चिकित्सकका लागि पनि निवेदन दिन भनेको छ ।  यसका लागि पनि १ हजार तिरेर फारम लिनुपर्ने छ भने मान्यताप्राप्त शिक्षणसंस्थाबाट बिबिएसएसी एण्ड एएच उतीर्ण गरेको हुनुपर्नेछ । प्लस टु पास गरेर ६ महिनाको तालिम लिएका १ जना रोजगार सहायक मागेको पालिकाले यसका लागि ५०० रुपैयाँ तिरेर पालिकाबाट फाराम लिन भनेको छ ।

पालिकाले ल्याव असिस्टेन्ट र फिल्ड सहायकका लागि पनि निवेदन मागेको छ । करार सेवामा नियुक्त गरिने यी सबै पदका लागि शैक्षिक योग्यताका अतिरिक्त २१ वर्ष पुरा भएर ४५ वर्ष ननाघेको व्यक्ति हुनुपर्नेछ । कात्तिक १५ गतेसम्म आवेदन दिने म्याद छ भने छानिएका कर्मचारीको ६ महिने करारमा नियुक्त गरिने गाउँपालिकाको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतवार १३:२६

लोकप्रिय