नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलनरत चिकित्सकहरुले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् ।
दुई चिकित्सकमाथि कुटपिट भएपछि आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरुले आज आइतबार देशभरका स्वास्थ्यसंस्थामा ओपीडी सेवा बन्द गरेका हुन् ।
चिकित्सकहरुले जाँच उपचार छाडेर बीर अस्पतालको परिसरमा प्रदर्शन गरिरहेका छन् । ओपीडी टिकट काउन्टर आज बन्द छ । त्यहाँ सेवा बन्द गरिएको सूचना टाँस गरिएको छ ।
सेवा बन्द हुँदा अस्पता पुगेका बिरामीहरु अलपत्र परेका छन् । गत बुधबार डेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत डा.विकास थापा र डा.प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूले सांघातिक आंक्रमण गरेका थिए ।
उक्त कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै चिकित्सक संघको आह्वानमा आज देशभरका स्वास्थ्य संस्थामा नयाँ बिरामी नजाँच्ने निर्णय डाक्टरहरुले गरेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं