२०८२ माघ १ , बिहीबार 15, January 2026, Thursday

सल्यानको त्रिवेणीमा आमा छोरीको हत्या

सत्यपाटीसत्यपाटी । सल्यान । २०८० भदौ ३१ गते आइतबार

सल्यानको त्रिवेणी गाउँपालिकामा आमा छोरीको हत्या भएको छ ।

त्रिवेणी गाउँपालिका–२ धारढुंगाकी २९ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतुको आगोमा आधा शरीर जलेको अवस्थामा शव फेला परेको हो । आमा छोरीलाई आगो लगाएर हत्या गरेको आशंका प्रहरीले गरेको छ ।

घटनाको प्रकृति हेर्दा कसैले आगो लगाएर हत्या गरेको हुनसक्ने देखिएको सल्यान प्रहरीले जनाएको छ । घरमा दुई वटा ढोका रहेकोमा एउटामा बाहिरबाट चुकुल लगाएको र अर्को ढोकामा भित्रबाट चुकुल लगाएको पाइएकाले हत्या भएको प्रारम्भिक ठहर प्रहरीको रहेको छ ।

रेवतीका पति शुकबहादुर थापा दुई महिना अघि मात्रै रोजगारीको लागि भारत गएको बताइएको छ ।

प्रकाशित मिति : २०८० भदौ ३१ गते आइतबार