सूचनाको शक्ति - The Power Of Information

        

थारू समुदायले आज अटवारी पर्व मनाउँदै

पश्चिम तराईका थारू समुदायले आज अटवारी पर्व मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङमा बसोबास गर्ने थारु समुदायले माघीपछिको ठूलो पर्वका रुपमा अटवारीलाई मनाउने गर्छन् ।

पर्वको पहिलो रात दरका रुपमा भात माछा चोखो तरिकाले पकाउने र भाले नबास्दै उठेर खाने चलन रहेको थारू संस्कृतिविद् अशोक थारूले बताउनुभयो । त्यस्तै, अटवारीको दोस्रो दिन बिहानै नुहाइधुवाइ गरेर तीन, पाँच अथवा सात प्रकारको तरकारी पकाइन्छ ।

परिकार खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ । यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीका रूपमा उपहार दिने गरिन्छ । यो पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धसमेत प्रगाढ हुने विश्वास थारू समुदायमा छ ।

अटवारी पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके र बर्दिया जिल्लाका थारू समुदायलाई आइतवार (आज) सार्वजनिक बिदा दिएकाे छ । विगतमा थारू बाहुल्यता रहेका पालिकाले बिदा दिने गरे पनि अहिले प्रदेश सरकारले नै पर्व मनाउन बिदा दिएकाे हाे ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतवार ०९:५३

लोकप्रिय