सूचनाको शक्ति - The Power Of Information

        

एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दै

एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे कोलोम्बोमा हुनेछ ।

श्रीलङ्का र भारतको सुपर फोरमा ४–४ अङ्क थियो । नेटरनरेटको कारण भारत शीर्ष र श्रीलङ्का दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् । सुपर फोरमा भारतसँग श्रीलङ्का ४१ रनले पराजित भए पनि पाकिस्तानलाई दुई विकेट र बङ्लादेशलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

भारतले श्रीलङ्कालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । बङ्लादेशसँग भने ६ रनले पराजित भएको थियो । श्रीलङ्काले २०२२ मा टी-२० र भारतले २०१८ मा एकदिवसीय एसिया कप जितेका थिए। रोहित शर्माले भारतको र श्रीलङ्काको दासुन शानकाले कप्तानी गर्नेछन् ।

यसअघि भारतले सात पटक र श्रीलङ्काले ६ पटक एसिया कपकाे उपाधि जितेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतवार ०९:२०

लोकप्रिय