सूचनाको शक्ति - The Power Of Information

        

पाशुपत क्षेत्रमा मासु-मदिरा बिक्री वितरण र सेवनमा प्रतिबन्ध

पाशुपत क्षेत्रमा मासु, मदिरा लगायत नशालु पदार्थको बिक्री–वितरण र सेवनमा प्रतिबन्धत लगाइएको छ ।

हिन्दू नेपाली महिलाको महान पर्व तिजलाई लक्षित गर्दै चार किल्ला नै तोकेर जिल्ला प्रशासन कार्यालय काठमाडौंले मासु, मदिरा लगायत नशालु पदार्थको बिक्री–वितरणमा प्रतिबन्ध लगाएको हो ।

जिल्ला प्रशासन कार्यालयले आइतबार एक सूचना जारी गर्दै पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले मांस (मासु), मदिरा र नशालु पर्दाथहरु उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न प्रतिबन्ध लगाएको हो।

जिल्ला प्रशासन कार्यालयले गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सीमानादेखि पश्चिम, गौशाला तीलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड, गौरीघाट हुँदै बागमतीदेखि दक्षिण क्षेत्रलाई चार किल्ला तोकेको छ ।

निषेधित क्षेत्रमा मासु, मदिरा लगायत नशालु पदार्थको बिक्री–वितरण गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कडा कानुनी कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतवार ०८:३४

लोकप्रिय