सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० भदौ ३१ गते आइतवारको राशिफल

२०८० भदौ ३१ गते आइतवार, १७ सेप्टेम्बर २०२३ । भाद्र शुक्लपक्ष द्वितीया तिथि, प्रातः ९ः२८ बजेपछि तृतीया । हस्त नक्षत्र, ९ः४४ बजेपछि चित्रा । चन्द्रराशि कन्या ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

रोकिएका काम पुनः प्रारम्भ हुनेछन् । चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काम थालनी हुनेछ । मिहिनेतले उपलब्धि दिलाउनेछ । योजना गोप्य राखेर अघि बढ्नुहोला, फाइदा हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला । निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम गर्ने मौका आउला । प्रतीक्षित नतिजा सबल नै रहनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

देखेको विषयमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ । अरूको आक्षेप सहनुपर्ने हुन सक्छ । घरेलु समस्याले निराश तुल्याउन सक्छ । व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । समस्या दर्साएर सहयोगीहरू फेला पार्न सकिनेछ । तत्काल समस्या देखिए पनि पछिलाई फाइदा हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

नयाँ काम प्रारम्भ गर्न सकिनेछ र सोचेजस्तै सफलता पनि मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धन कसिनेछ । व्यवसायमा मनग्य लाभ हुनेछ । मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् । भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अध्ययनमा प्रगति हुनेछ । लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ । प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ । धनलाभ हुनेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन् । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । सहयोगीहरूले साथ दिनेछन् भने अहिले मिहिनेत गर्दा पछिसम्म लाभ मिल्नेछ । पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । केही समय लागे पनि लक्ष्यअनुसार काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । काममा विशेष अवसर प्राप्त हुनेछ । पहिलेको सफलताले पनि हौसला जगाउनेछ । व्यापारमा फाइदा हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनुपर्ला । ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ । पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ । तर शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला । परिवारजनबाट समेत टाढिनुपर्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ । समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । श्रमको उचित मूल्यांकन हुनेछ भने उठ्नुपर्ने रकम तत्काल हातलागी हुनेछ । सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन् । प्रतीक्षित नतिजाले जीवनशैलीमा परिवर्तन आउनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पुराना कामको चर्चा हुनेछ भने नयाँ अवसर पनि प्राप्त हुनेछ । विशेष भेटघाटले उत्साह जगाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कीर्तिमानी काम गर्ने समय छ । आवश्यक पर्दा साथीभाइको सहयोग भने नजुट्न सक्छ । मेहनतले नाम, दाम र इनाम प्राप्त हुनेछ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा फाइदा हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । तर अवसरका साथ केही चुनौतीसमेत देखापर्ने छन्, होसियारीसाथ काममा जुट्नुपर्ला । छिद्र खोतल्नेहरूले पनि दुःख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । शुभचिन्तकहरूको साथ–सहयोगले मात्र अप्ठ्यारा चुनौती पार लगाउन सकिनेछ । अध्यात्मभाव जागृत हुनेछ । परोपकार तथा सेवामूलक काममा मन जानेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । धेरै श्रम गर्नुपरे पनि उचित मूल्य प्राप्त नहुन सक्छ । काममा धन र श्रम खर्चनुपर्ला । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला । गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ । आफ्नो वस्तुमा अरूले दाबी गर्लान् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

धेरै बोल्दा समस्या आउन सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । खानपान, मानोरञ्जन र पहिरनको सोखले खर्च बढाउनेछ । तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतवार ०७:४६