सूचनाको शक्ति - The Power Of Information

        

नेपाल आयल निगम

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब प्रतिलिटर कति पुग्यो ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रबार विज्ञप्ति प्रकाशित गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि जानकारी दिएको हो । नयाँ मूल्य शुक्रबार रातिदेखि नै लागु भएको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलको ३ रुपैयाँ मूल्यवृद्धि गरिएको छ । मूल्यवृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८३ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पुगेको छ ।

मूल्य समायोजनसँगै काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर रु १८३ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर रु १७३, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर रु १७२ र डिजेल–मट्टितेल प्रतिलिटर रु १७२ तोकिएको छ ।

त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर १८० रुपैयाँ ५० पैसा र डिजेल–मट्टितेल प्रतिलिटर १७० रुपैयाँ ५० पैसा तोकिएको छ । भारतबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार ०६:४७

लोकप्रिय