२०८३ असार १ , सोमबार 15, June 2026, Monday

गोलभेँडाको मूल्य निरन्तर घट्दै

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० भदौ २९ गते शुक्रबार

कुनै समय प्रति किलो १५० रुपैयाँसम्म बिक्री भएको गोलभेँडाको मूल्य घट्न थालेको छ । कृषि उपज बजार कपुरकोट सल्यानका अनुसार ५० देखि ५५ रुपैयाँका दरले गोलभेँडा बिक्री भएको जनाएको छ । भारतको गोलभेँडा नेपाली बजारमा आउन थालेपछि नेपालको उत्पादनले भने मूल्य पाउन छोडेको छ ।

भारतसम्म निकासी हुँदा सल्यानका किसानले १५० रुपैयाँ प्रतिकिलोसम्म गोलभेँडा बिक्री गरेका थिए । कृषि उपज संकलन केन्द्र कपुरकोटका अनुसार आज (शुक्रबार) गोलभेँडा ५० देखि ५५, बन्दागोभी ४० देखि ४५, फूलगोभी ५० देखि ५५, भेडे खुर्सानी ७० देखि ७५, मोटो खुर्सानी ५० देखि ५०, मसिनो खुर्सानी ५५ देखि ५५, अकबरे खुर्सानी ९५ देखि १०० रुपैयाँ रुपैयाँले बिक्री भएको हो ।

यस्तै, सिमी ५० देखि ५५, काक्रो लोकल ९० देखि १००, काक्रो उन्नत ६५ देखि ७० मुला २५ देखि ३०, अदुवा पुरानो १६० देखि १७०, कागती ६० देखि ६५, माछे खुर्सानी ६० देखि ६५, धनिया ९० देखि ९५, तितोकरेला ४० देखि ५०, भान्टा ४०, टमाचार वि.एस ४५ देखि ५० र साग ५५ देखि ६० रुपैयाँ प्रतिकिलो बिक्री वितरण भएको शर्माले बताए ।

प्रकाशित मिति : २०८० भदौ २९ गते शुक्रबार