२०८३ साउन ५ , मंगलबार 22, July 2026, Wednesday

लुम्बिनी प्रदेशमा असोज १ गते सार्वजनिक बिदा

सत्यपाटीसत्यपाटी । लुम्बिनी । २०८० भदौ २९ गते शुक्रबार

लुम्बिनी प्रदेश सरकारले असोज १ गते सार्वजनिक बिदा दिएको छ । हरितालिका तिज पर्वका अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिएको जनाइएको छ ।

प्रदेश मन्त्रिपरिषद्को गत चैत १७ गतेको निर्णयानुसार प्रदेश राजपत्रमा प्रकाशित जानकारी बमोजिम असोज १ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेशको गृह मन्त्रालयका अधिकृत माधव शर्माले बताए ।

लुम्बिनी सरकारले भदौ ३१ गते बडका अट्वारी पर्वका अवसरमा दाङ, बाँके र बर्दियाका थारू समुदायलाई सार्वजनिक बिदा दिएको छ । अट्वारी पर्वका अवसरमा घोराही, तुलसीपुर र राप्ती गाउँपालिकाले पनि सार्वजनिक बिदा दिएका छन् ।

प्रकाशित मिति : २०८० भदौ २९ गते शुक्रबार