२०८३ वैशाख ११ , शुक्रबार 24, April 2026, Friday

रक्सीले मातेका छोराको कुटपिटबाट बाबुको मृत्यु

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० भदौ २९ गते शुक्रबार

मादक पदार्थ सेवन गरेका छोराको कुटपिटबाट दाङमा एकजना ५१ वर्षीय पुरुषको मृत्यु भएको छ।

बाबुको हत्या आरोपमा प्रहरीले दाङको घोराही उपमहानगरपालिका–५ दलजितपुरका २८ वर्षीय सन्तोष केसीलाई पक्राउ गरेको छ।

सन्तोषले आफ्ना ५१ वर्षीष बाबु प्रेमबहादुर केसीको गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) जनक मल्लले जानकारी दिए।

मदिरा सेवन गरेर मात्तिएका सन्तोषले बाबु प्रेमबहादुरमाथि निर्धात कुटपिट गरेका थिए। छोराको कुटपिटबाट गम्भीर घाइते भएका प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको डीएसपी मल्लले जानकारी दिए।

बाबुमाथि कुटपिट गर्ने सन्तोषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका सन्तोषमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित मिति : २०८० भदौ २९ गते शुक्रबार