मादक पदार्थ सेवन गरेका छोराको कुटपिटबाट दाङमा एकजना ५१ वर्षीय पुरुषको मृत्यु भएको छ।
बाबुको हत्या आरोपमा प्रहरीले दाङको घोराही उपमहानगरपालिका–५ दलजितपुरका २८ वर्षीय सन्तोष केसीलाई पक्राउ गरेको छ।
सन्तोषले आफ्ना ५१ वर्षीष बाबु प्रेमबहादुर केसीको गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) जनक मल्लले जानकारी दिए।
मदिरा सेवन गरेर मात्तिएका सन्तोषले बाबु प्रेमबहादुरमाथि निर्धात कुटपिट गरेका थिए। छोराको कुटपिटबाट गम्भीर घाइते भएका प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको डीएसपी मल्लले जानकारी दिए।
बाबुमाथि कुटपिट गर्ने सन्तोषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका सन्तोषमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ