सूचनाको शक्ति - The Power Of Information

        

फ्राइडे रिलिज :

`नाङ्गो गाउँ´ र `एक भागवत र एक गीता´, कसले मार्ला बाजी ?

आजबाट सिनेमा घरमा दुई नेपाली फिल्म प्रदर्शनमा आएको छ।

फिल्म `नाङ्गो गाउँ´ र `एक भागवत र एक गीता´ । बलिउड फिल्म `जवान´ ले सिनेमाघरमा तहल्का मच्चाउँदै गर्दा उक्त दुई फिल्म `जवान´ लाई चुनौती दिँदै प्रदर्शनमा आएका हुन् ।

`नाङ्गो गाउँ´मा दीपेन्द्र लामाको निर्देशन कथा, पटकथा तथा संवाद लेखन  रहेको छ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी आरएल शाह, कर्मा, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतको पनि अभिनय रहेको छ ।

हिमाल कडरिया प्रस्तुतकर्ता रहेको सिनेमामा जय श्रेष्ठको लगानी छ भने सिनेमाका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । यसै गरी  `एक भागवत र एक गीता´ झरना थापा निर्देशित फिल्ममा विपिन कार्की, सुहाना थापा, जेभिन श्रेष्ठ, जेभिस श्रेष्ठ, धिरज मगर, कबीर खड्का आदिको अभिनय छ ।

फिल्मको कन्सेप्ट सुहाना थापा र कथा झरना थापाको हो । फिल्ममा झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढुङ्गेल र कृष्णको पटकथा तथा परिक्षेद, पुरुषोत्तम र सरिनको संवाद लेखन छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार १२:४१