सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनीका तीन जिल्लामा आइतबार सार्वजनिक विदा

लुम्बिनी प्रदेश सरकारले थारु समुदायको पर्व अट्वारीको अवसरमा दाङ, बाँके र बर्दिया जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

लुम्विनी प्रदेश गृह मन्त्रालयले बिहीबार सूचना निकाल्दै दाङ, बाँके र बर्दिया जिल्लामा भदौ ३१ गते पर्ने अट्वारी पर्वका अवसरमा थारु समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

थारु समुदायले अट्वारीलाई विशेष पर्वका रुपमा मनाउने गर्छन् । प्रदेशमा थारु बाहुल्य भएका तीन जिल्लामा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयका अधिकृत माधव शर्माद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा २०७९ चैत १७ गतेको लुम्विनी प्रदेश सरकारको निर्णयअनुसार विदा दिइएको अधिकृत शर्माद्वारा जारी सूचनामा जनाइएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार १२:३६

लोकप्रिय