सूचनाको शक्ति - The Power Of Information

        

तीजको ‘डान्स’ हेरेका सशस्त्र प्रहरीका जवान राति महिलाको घरमै पुगेपछि…

कैलालीमा एक सशस्त्र प्रहरीले उपद्रो मच्चाएको पाइएको छ । मंगलबार राति सशस्त्र प्रहरीका जवान पर्शु मगरले उपद्रो मच्चाएका हुन् । मदिरा सेवन गरेका मगर त्यो राति चुरे गाउँपालिका वडा नं.४ बालुवागडामा एक महिलाको घर पुगेका हुन् ।

उनी रातिको समयमा एक्लै बस्ने महिलाको घरमा पसेका थिए । मगरको चितवन दरबन्दी रहेकोमा उनी बिदामा घर आएको बताइएको छ । मगरले तीजको डान्स कार्यक्रम सकेर घर गएकी महिलाको पछि लागेर ‘रोमान्स’ गर्ने भन्दै ढोका खोल्न दबाब दिएका थिए ।

त्यसपछि महिलाले आफन्तलाई बोलाएपछि मगर त्यहाँबाट भागेको प्रहरीले जनाएको छ । पछि प्रहरीमा निवेदन परेकोमा उनीहरू दुवैको मिलापत्र भएको छ । इलाका प्रहरी कार्यालय चौमालामा उनीहरूको मिलापत्र भएको हो ।

इन्चार्ज सई रामसिंह बोहराले ल्याएर दुवै जनाको सहमतिमा मिलापत्र गराइएको जानकारी दिए । मिलापत्रका लागि सशस्त्र प्रहरीका जवान पर्शु मगरले माफी मागेका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार ११:२२

लोकप्रिय