सूचनाको शक्ति - The Power Of Information

        

चकलेट खानु पनि स्वास्थ्यका लागि फाइदा

सामान्यतयाः धेरैले चकलेट खानुलाई हानिकारक रूपमा लिन्छन् । चकलेटले दाँत, घाँटी र पेट सम्बन्धी समस्या ल्याउने धेरैको बुझाइ छ । तर, अध्ययनले चकलेट स्वास्थका लागि लाभदायक भएको पुष्टि गरेको छ ।

अहिले विश्वमा सबैभन्दा धेरै मानिसहरू कोकोआबाट बनेको चकलेट खान्छन् । अमेरिका र युरोपमा चकलेटलाई खानाकै रूपमा पनि प्रयोग गर्दछन् । अनुसन्धानले चकलेटले ब्लड प्रेसरमा फाइदादेखि लिएर मस्तिष्कको उचित कार्य कायम राख्न मद्दत गरेको भेटिएको छ ।

चकलेटले कोलेस्ट्रोलको समस्यालाई नियन्त्रणमा ल्याउन पनि भूमिका खेलेको देखिन्छ । चकलेट बच्चा होस् वा ठूला सबैलाई मनपर्छ । तथापी, स्वास्थ्य र दाँतलाई नोक्सान नहोस् भनेर अभिभावकले आफ्ना छोराछोरीलाई नियमअनुसार चकलेट खुवाउँछन् ।

यदि चकलेट दैनिक रूपमा सीमित मात्रामा खाइन्छ भने यो स्वास्थ्यका लागि निकै फाइदाजनक हुने तथ्यले बताएको छ । आउनुहोस् जानौं चकलेटका यस्ता गुणहरू जसले स्वास्थ्यलाई फाइदा पुर्याउँछ ः

प्राकृतिक पेनकिलरको काम गर्छ

जसलाई एक्कासी चक्कर आउने वा कम रक्तचापको समस्या छ, उनीहरूले सधैं चकलेट साथमा राख्नुपर्छ । जब तपाई कमजोर महसुस गर्नुहुन्छ, तुरुन्तै चकलेट खानुहोस् ।

यसले शरीरलाई तत्काल ऊर्जा दिन्छ । चकलेट खाँदा शरीरमा एन्डोफिसिन नामक हर्मोन निस्कन्छ । त्यसैले चकलेट खाँदा दुखाइ कम हुन्छ । यसले प्राकृतिक पेनकिलर जस्तै काम गर्छ ।

मधुमेह र तनाव हटाउन मद्दत गर्छ

डार्क चकलेटमा पाइने फ्लेभोनोइड र ग्लाइसेमिक रसायनले मधुमेह नियन्त्रण गर्न मद्दत गर्छ। चकलेट खाँदा इन्सुलिनको प्रतिरोधी क्षमता कम हुन्छ, जसका कारण शरीरमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ ।

चकलेटमा मुड सुधार्ने र तनाव कम गर्ने गुण हुन्छ । जब तपाई खराब मुडमा हुनुहुन्छ भने केहि चकलेट खानुहोस्। तपाईंले राम्रो महसुस गर्नुहुनेछ ।

मानसिक रोगहरूमा लाभदायक

चकलेटमा फ्लाभानोल्स रक्त परिसंचरण सुधार गर्दछ। त्यसैले मानसिक रोगमा चकलेट खानु फाइदाजनक हुन्छ ।

रक्तचापमा लाभदायक

चकलेट खाँदा रक्तचाप सधैं नियन्त्रणमा रहन्छ । डार्क चकलेटमा ठूलो मात्रामा फ्लेभोनोइड्स र एन्टी–अक्सिडेन्ट पाइन्छ । हप्तामा दुई वा तीन पटक थोरै मात्रामा चकलेट खाँदा रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार ११:०७

लोकप्रिय