सूचनाको शक्ति - The Power Of Information

        

उत्तर कोरियाली नेता किमको रुस भ्रमण लम्बियो

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले अप्रत्याशित रूपमा आफ्नो रुस भ्रमण लम्ब्याउनु भएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गरेपछि किमले भ्रमण लम्ब्याउनु भएको हो । पुटिन भने रुसको उत्तरी शहरमा किमसँग शिखर वार्ता गरेर मस्को फर्किसक्नुभएको छ । दुई नेताबिच हतियार समझौताबारे छलफल भएको बुझिएपनि दुबै देशले यसबारे केही प्रतिक्रिया जनाएका छैनन् ।

किमले उत्तर कोरिया भ्रमण गर्न रुसी राष्ट्रपतिलाई निमन्त्रणा दिएको र पुटिनले पनि कृतज्ञतापूर्वक यसलाई स्विकार गरेको बताईएको छ । युक्रेन विरुद्धको युद्धका लागि रुसले उत्तर कोरियासँग हतियार खरिद गर्न लागेको अनुमान पश्चिमा जगतले लगाईरहेका छन् ।

बुधवार रुसको सुदूर पूर्वमा रहेको भोस्टोच्नी स्पेस सेन्टरमा पुटिन र किमबिच छलफल भएको थियो । रुस भ्रमण लम्ब्याउनुभएका किमले रुसी जलसेनाका खडा एवं युद्धपोतहरूको निरीक्षण गर्नुका साथै धेरै कारखानाहरूको भ्रमण गर्ने र प्योङयाङ फर्कनेक्रममा पूर्वी शहर भ्लादिभोस्टोकमा पनि केही दिन रोकिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार ०७:४३

लोकप्रिय