२०८२ माघ ४ , आइतबार 18, January 2026, Sunday

आज राष्ट्रिय बाल दिवस, विबिध कार्यक्रम गरी मनाइँदै

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० भदौ २९ गते शुक्रबार

आज राष्ट्रिय बाल दिवस । विद्यालयहरुमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाईदै छ ।

नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको दिन पारेर बाल दिवस मनाउने गरिएको हो । यो पटकको बाल दिवसको मूल नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ तय गरिएको छ ।

नेपालको संविधान र कानूनले बाल अधिकारकालाई मौलिक हकको रूपमा व्याख्या गरेको छ । संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहारसहित सर्वाङ्गिण विकासको हक सुनिश्चित गरेको छ ।

प्रकाशित मिति : २०८० भदौ २९ गते शुक्रबार