सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

देशभर बदली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा ठूलो बर्षा

देशभरको मौसम सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोमहाशाखाले जनाएको छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । आज राति बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको दक्षिण–पुर्वी उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार ०६:४२

लोकप्रिय